
वारीबाट पारी हेर्नुको मज्जा बेग्लै थियो
मनमनै मन पराउनुको मज्जा बेग्लै थियो
नानीलाई पुलमा बसेर जिस्क्याउनुको मज्जा बेग्लै थियो
नानीको हाथ समाई तिनाउ खोला तर्नुको मज्जा बेग्लै थ्यो
क्याम्पस छुट्टि भै घरतर्फ लाग्नुको मज्जा छुट्टै थियो
नानीको साइकलको चापी लुकाउनुको मज्जा छुट्टै थियो
म संग मोटरसाइकल चढ्नुको मज्जा बेग्लै थियो
संगै तिनाउ पुल तर्नुको मज्जा बेग्लै थियो
नाम : राज कुमार फौदार
मोतिपुर-७, रानीबारी, रुपन्देही