जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

गौतम बुद्धका बेथा

गौतम बुद्धका बेथा
म सिद्धार्थ (गौतम बुद्ध) मलाई अज दु:ख लागेको छ | किनकि यो देशबाट मलाई हेला गरिदै छ र अर्को देशले मलाई आफ्नो भन्न सबै तरिका अपनाउदै छ | मेरो अस्तित्व यो देशमा जोगाउन कसैले त पहल गर !! हे नेपाली हो नेपाली सबै एक जुट भएर मेरो अस्तित्व यो देशमा सुरच्छित राख्न सक्दैनौ ? म त नेपाली हो र मेरो मन पनि त तिमीहरु 

जस्तै नेपालको लागी धड्किन्छ नि !!!!
म हु बुद्ध गौतम बुद्ध यो देशको सच्चा सुपुत्र
म त हु नेपाली जन्मेको यहि नेपाल भित्र
बचाऊ नेपाली मलाई हुदैछु है म आज पराई
नेपाली भनेर भन्न गार्हो भैसक्यो आज है

नेपालमा जस्तै मेरो जन्म स्थल बन्दै छ अर्को
अब मेरो मातृ भूमि नेपाल हो की अर्को
जबर्जस्ती बनाउन लागे मलाई भारतीय
म त हु नेपाली नेपालको सच्चा सुपुत्र

कोहि छैनन् रोक्ने यहाँ नेपाली सबै मौन छन्
त्यसको फाइदा उठाउदै नयाँ स्थल बनाउदै छन्
सिद्धार्थ नगर नेपालको हो अरु सबै धोका हो
म सधै नेपाली हु मेरो मन नेपाली हो

मेरो पीडा सुनिदिने कोहि छैनन् कसलाई भनु
अस्तित्व मेरो गुम्न लगिसकोछ अब म के गरु
नेता सबै कुरा गर्छन कम भने कहिले गर्दैनन्
आफ्नो स्वाभिमान जोगाउन कसैले ध्यान दिदैनन

नेपाल चोरी हुदैछ आज मेरा अस्तित्वका पोकाहरु
स्थापित गर्दैछन नक्कली मुर्ति अनि प्रमाणहरु
सबै प्रमाण हुदाँ पनि किन जोगौदैन नेपाल सरकार
नक्कली लुम्बिनी बनाउदा नि बोल्न सक्दैन सरकार

जय नेपाल, जय स्वाभिमान
नाम: जियोराज (GyoRaj)
नेपाल (Nepal)