जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

Showing posts with label Nepali Lyrics. Show all posts
Showing posts with label Nepali Lyrics. Show all posts

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो

मलाई गर्व छ हाम्रो पुर्खाले ( कति बेथाहरु सहेर ) -२

इतिहासमा कथा त लेखेकै छ

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो !!

न नै लडाइको मैदानबाट भागी दिन्छ

नत सुनको तराजुमा जोखि दिन्छ

आफ्नै कर्ममा अटल रहने

आफ्नै पसिनामा विश्वास राख्ने

यो मनता मेरो नेपाली हो !!

न नै अरुको भरोसामा बाचीदिन्छ

नत आफ्नो अधिकारर्लाई डुब्न दिन्छ

हिमाल झैँ चम्किलो सफा छ छाती

आकाश झैँ फिजिएको विचार छ बिसाल

यो मन त मेरो नेपाली हो

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो

मलाई गर्व छ हाम्रो पुर्खाले ( कति बेथाहरु सहेर ) -२

इतिहासमा त लेखेकै छ

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो

नाम : अड्ड्रिन प्रधान

गुरासको फेदमुनि सम्झनाको छाया

गुरासको फेदमुनि सम्झनाको छाया


गुरासको फेदमुनि सम्झनाको छाया

जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया

एकबारको मात्र हो यो हाम्रो जुनी

मायादिन किन हुन्छौ निष्ठुरी तिमी

आजै गई बुढासुब्बा लेखु नाम बासैमा

किन बस्छौ मौन तिमी आउने आसैमा

गुरासको फेदमुनि सम्झनाको छायाँ

जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया

यो कथाको राज कुमार मै तिम्रै लागी

तिम्रो साथ पाए भने उढ़छु बादल माथि

भरिएछ तिम्रो मायाले मेरो यो छाती

जसरिनि पाई हाल्छु पन्चकन्या भाकी

गुरासको फेद मुनि सझानको छायाँ

जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया

नाम : सबिन राई

मुटु भित्र मलाई

मुटु भित्र मलाई

मुटु भित्र मलाई राखी दिए हुन्थ्योनी

मलाई पनि माया गरिदिए हुन्थ्योनी

मत तिम्रै होनी-होनी तिमीले होइन भनेनी –२

आँखा भित्र मलाई छोपिदिए हुन्थ्योनी

न्यानो अंगालोमा बाँधिदिए हुन्थ्योनी

मत तिम्रै होनी-होनी रुवाई तिमी गएनी –२

मुटुभित्र मलाई राखि दिए हुन्थ्योनी

मलाई पनि माया गरिदिए हुन्थ्योनी

आँखा भित्र मलाई छोपिदिए हुन्थ्योनी

न्यानो अंगालोमा बाँधिदिए हुन्थ्योनी

मत तिम्रै होनी-होनी रुवाई तिमी गएनी –२

मत तिम्रै होनी-होनी तिमीले होइन भनेनी—२

नाम : सुदिप गिरि

अल्बम : क्यानभास