जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

Showing posts with label Gajal. Show all posts
Showing posts with label Gajal. Show all posts

हजुर

हजुर

कुरो अस्तिको हो हजुर देखे उनीलाई बजारमा
नजरसम्म जुध्यो हजुर बोल्न पाइएन नि हतारमा
त्यही नयनले के के गर्यो
कसरी भनम हजुर
रातको निन्द्रा उड्यो दिनको चयन पनि गुम्यो हजुर

खुशि औधी भए म देखी उनलाई छिमेकीकोमा आएको
अस्ति मात्र देखेको उनलाई हिजोसँगै बसी बोल्न पाएको;;


त्यही बोलीले के के गर्यो

कसरी भनम हजुर
रातको निन्द्रा उड्यो दिनको चयन पनि गुम्यो हजुर

परीसरी रुप उनको छिन उनी एक लाखौँ हजारमा
कब्जा गरिसकिन उनले मेरो मन मस्तिष्क अनि विचारमा
त्यही रुपले के के गर्यो

कसरी भनम हजुर
रातको निन्द्रा उड्यो दिनको चयन पनि गुम्यो हजुर

MILAN ARYAL



प्रस्ताव

प्रस्ताव


सयौँ छन् मेरा सुख अनि दुःखका साथी
तर तिमीलाई नै राखेको छु सबैभन्दा माथी
जित्न सकिन्न यो पापी जमानालाई पछि हटेर
साथ देऊ तिमीले मलाई सामना गर्नेछु डटेर


पवित्र माया हो मेरो होइन कुनै खेल
नाइँ भनी नगराइदिनु है मायामा मलाई फेल
संसार त्याग्न सक्छु तिम्रो लागी गर्ने छैन झेल
हुन्छ मात्र भनी देऊ भागौँला चढी दार्जिलिङ्गको रेल,,



कति म मात्रै बोलु तिमीले नी केही जनाऊ
माया छ छैन मनको कुरा अब त खुलाऊ
लजाउनु किन पर्यो तिम्रै हु म हात समाऊ
छोडी डाहा गर्ने सबैलाई आऊ छुट्टै संसार बसाऊ



MILAN ARYAL

सलाम

जिन्दगी गोरेटो जस्तै रहेछ कहिले घुम्ती कहिले मोड
माया भन्ने यस्तै रहेछ कहिले मिलन कहिले बिछोड

पक्षपाती रहेछ दैब कसैलाई आँसु कसैलाई हाँसो
यो माया पनि कस्तो कसैलाई नासो कसैलाई पासो

जिन्दगीको रित यस्तै कहिले नजिक कहिले टाढा
पिरतिको गुन यस्तै कहिले फुल कहिले काँडा

कस्तो विचार रहेछ तिम्रो कसैलाई घात कसैलाई साथ
ढुंगाको मन तिम्रो कसैलाई हात कसैलाई लात

पिरती युद्ध जस्तै रहेछ कहिले हार कहिले जित
मायाको उपहारै यस्तै रहेछ कसैलाई अमृत कसैलाई बिष

चम्किरहने बस्तु रहेछ माया कहिले घाम कहिले जुन
मंहगीको बजार रहेछ माया कहिले चाँदी कहिले सुन

पिरतिको रुप कस्तो कसैलाई दुख्ने घाउ कसैलाई मलम
मलाई के पर्छ थाहा छैन त्यसैले मायालाई हृदयदेखि सलाम

बिकाश मल्ल (ठकुरी)

भावना



आज मलाई यसरी किन धोका दियौ

आखिर मेरो मायामा के त्यस्तो कमी पायौ

साथ दिई तिम्रो साथ मात्र खोजेको थिएँ

मनको मन्दिरमा तिमीलाई नै सजाएको थिएँ


तिमीले गरेको बाचा बन्धन खै कहाँ विलायो

हाम्रो प्रेम त केवल मुटुको सम्बन्धमा थियो

तिमी बिना एक पल पनि बाच्न सकिन्न भन्थ्यौ

खुशी दिन सकिनौ भने आँसु किन दिन्छौ


माया गर्नेलाई मात्र थाहा हुन्छ मायाको भावना

तिमी निस्ठुरिलाई के थाहा विछोडको वेदना

यो हृदयमा रुदारुदै रहनेछ तिम्रो नै चाहना

तिमी जहाँ गएपनि खुशी रहनु येही नै छ मेरो शुभकामना


जंग थापा

Kasto maya


maya bhaneko kunai khel hoina
dui aatmako mel safal huncha
chokho mayale tyag dincha
aafule badlama kehi lidaina

tutcha mutu jaba huncha maya sarthi
chokho maya paaunata gahro bhayo hai sathi
kunai swartha nakhoja mayama timile
maya bata paauchau sukha sara jiwan le


Ammar Raj Basyal
Plpa

आँसुका थोपा



तप्पतप्प आँसुका थोपा आँखाबाट खस्न थाले
आँखाबाट आँसुका साथ रगत पनि बग्न थाले....

एकान्तको साथी भए हर्दा हेर्दै मा आज
बिरानो लग्न थाल्यो मलाई अरु सबैको साथ
कहिले मिलन कहिले बिछोड जीवनको मोड कस्तो
मिलन त कमै हुन्छ बिछोडले जितेजस्तो....

जसको धेरै माया लाग्छ उसलाई पाउन गाह्रो भयो
माया गर्ने मायालुको साथ अब छुट्ने भयो
बिरानो यो जिन्दगीमा तिम्रो साथ पाएको थिए
लक्ष्य मेरो जिन्दगीको तिमीलाई बनाएको थिए....

डोली तिमि चढी गयौ पछि पनि फर्किएनौ
हेरी रहे अन्तः सम्म परेली मेरो झिम्कीएन
मुटु भरि बेथा लिई जुनी मेरो बित्ने भयो
सायद अब तिम्रो ठाउँ कसैले न लिनेभयो....

तप्पतप्प आँसुका थोपा आँखाबाट खस्न थाले
आँखाबाट आँसुका साथ रगत पनि बग्न थाले....
राज कुमार श्रेष्ठ (जियोराज)
बुटवल