जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

Showing posts with label एउटा सानो कथा. Show all posts
Showing posts with label एउटा सानो कथा. Show all posts

एउटा सानो कथा

उनीहरुको त्यो कुरा सुनिसकेपछि म छागाबाट खसे झैँ भए आफूले टेकेको ठाउँबाट भासिन लागे झैँ भयो, मलाई जोडजोडले चक्कर लाग्न थाल्यो | म चिच्याए कराए तर कसैले सुनेनन्, अझ उनीहरुले उल्टै चर्को स्वरमा क्यासेट बजाएर हास्न थाले | म त्येहाबाट तुरुन्तै अस्पताल तर्फ लागे र डाक्टरलाई सबै कुरा भनी मेरो रगत जाच्न दिए | रगतको रिपोर्ट भोलि आउछ भनी डाक्टरले भन्नुभयो | म आफ्नो घर तर्फ लागे | घर गई ढोका घच्घचाए |

एउटा सानो कथा

म एक सम्पन्न परिवारकी छोरी हु | मेरो घर गाउमा र बुटवलमा छ | बुटवलमा दाजु र भाउजु बस्नु हुन्छ | म एस. एल. सी. सम्मको अध्ययन गाउमा गरेर उच्च शिक्षा अध्ययन गर्न शहरतर्फ आए | जहाँ मेरो दाजु भाउजु हुनुहुन्थ्यो | मेरो कलेजको अध्ययन राम्रै सँग चलिरहेको थियो | कलजेमा मेरा थुप्रै मिलनसार साथीहरु थिए | जसमध्ये कृति र अन्जली मेरा अत्यन्त मिलनसार साथीहरु थिए | हामीहरु जहाँ जादापनि सँगै हिड्डुल गर्थ्यौ | कृतिले मलाई र अन्जलिलाई एकदिन मेरो घरमा बस्नको लागि बोलाइन् |

एउटा सानो कथा

<<<<..Read More..>>>>

भाग 3
मैले सोधे आशाजी तपाई कुनै ठुलो समस्यामा परे जस्तो लाग्छ | के मलाई सो समस्या बताउन सक्नुहुन्छ भनी मैले डराई डराई सोधे उनले भनिन् – होइन होइन ता मैले धेरै कर गरेपछि बल्ल उनले भनिन् | यहाँ कसलाई भनेर के फाइदा, आफ्ना मान्छे भन्नेले त मेरा कुरा बुझिदिएनन् र पराईले त मेरो कुरा उडाउने बाहेक के पो गर्दछन | त्यसैले पिलिज राज जी, ढिपी नगर्नुहोस् | मैले भने हेर्नुस् आशा जी मान्छे कोही पराई कोही आफ्नो हुदैन, जसले अरुको दु:खलाई पनि आफ्नो दु:ख सम्झेर कुरा बुझ्छ त्यो नै आफ्नो मान्छे हुन्छ | उनले भनिन् हेर्नुस् राज जी, अत्यन्त ढिपी गर्नुभयो र छोटो समयमा नै मन पनि जित्नु भयो मेरो कथा अत्यन्तै लामो छ |

एउटा सानो कथा


Excuse me उनी म तिर फर्किन्छिन् अनि भन्छिन मलाई भन्नुभाको ? मैले हो भने | मैले सोधे तपाई कहाँ सम्म पुग्ने ? उनले काठमाण्डौ भनिन् | उनले तपाई नि भनिन् ? म पनि काठमाण्डौ नै | मैले सोधे तपाई घुम्न जादैँ हुनुहुन्छ ? कि घर नै काठमाण्डौ हो ? घर त मेरो बुटवल हो भनिन् | उसो भए घुम्न जादैँ हुनुहुन्छ, मैले सोधे | उनले होइन भनी सहज उत्तर दिईन | उसो भए तपाई केको लागि जादैँ हुनुहुन्छ मैले सोधे |

एउटा सानो कथा

भाग 1

भर्खर मेरो एस. एल. सी. परिक्षा सकियो | घरमा खासै कम थिएन | म लगायत मेरा साथीहरु एस. एल. सी. को रिजल्टको पर्खाइमा थियौ र रिजल्ट पछि क्याम्पस संगै पढ्ने योजना बनाएका थियौ | एक दिन साथीहरु मिलि घर नजिकैको चौपारीमा भेट भई यो खाली समयमा काठमाण्डौं घुम्न जाने योजना बनायौ | अर्को दिन रात्री बसमा हामी पाच जना साथीहरु काठमाण्डौंको बसमा चढ्यौ | हाम्रो सिट न: ३,४,५,६ र ७ थियो | मेरो चार जना साथीहरु ३,४,४,५ नम्बरको सिटमा बसे र म ७ नम्बरको सिटमा बसे |