जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

एउटा सानो कथा

म एक सम्पन्न परिवारकी छोरी हु | मेरो घर गाउमा र बुटवलमा छ | बुटवलमा दाजु र भाउजु बस्नु हुन्छ | म एस. एल. सी. सम्मको अध्ययन गाउमा गरेर उच्च शिक्षा अध्ययन गर्न शहरतर्फ आए | जहाँ मेरो दाजु भाउजु हुनुहुन्थ्यो | मेरो कलेजको अध्ययन राम्रै सँग चलिरहेको थियो | कलजेमा मेरा थुप्रै मिलनसार साथीहरु थिए | जसमध्ये कृति र अन्जली मेरा अत्यन्त मिलनसार साथीहरु थिए | हामीहरु जहाँ जादापनि सँगै हिड्डुल गर्थ्यौ | कृतिले मलाई र अन्जलिलाई एकदिन मेरो घरमा बस्नको लागि बोलाइन् | मैले दाजु भाउजुलाई म आज साथीकोमा गएर आज आउदिन भने दाजुले मलाई त नजा अर्काको घरमा छोरी मान्छे गएर रात बिताउनु हुदैन भन्नु भयो तर मैले जबरजस्ती गरी मेरो मिल्ने साथीहरु हुन् भनी गए | म र अन्जली कृतिको घरमा गयौँ | कृति र अन्जली एउटा सम्पन्न परिवारका छोरीहरु थिए | हामीहरु खाना खान गयौँ र खाना खाएपछि केही समय कृतिको बुवा आमासँग गफ गरी कृतिको कोठा तर्फ लाग्यौँ | कृतिको कोठामा गई गफ गरिरहेका थियौँ | त्यत्तिकैमा अन्जलीले हेरन कृति आशा पनि हाम्रो मिल्ने साथी हो | आज यसलाई एउटा गिफ्ट दिउ अन्जलीले भनी | कृतिले पनि हुन्छ नि त भनी मलाई आँखा छोप्न भने र मैले पनि आँखा छोपे | कृतिले मैले आँखा हेर्छु जस्तो लागेर आफ्नो हातले पनि छोपीदिईन | त्यत्तिकैमा मेरो तिघ्रामा सुइले घोचे जस्तो महसुस भयो मेरो आँखा कृतिले खोलिदिई र मैले आँखा हेर्दा गिफ्ट केही थिएन | खोइ त मेरो गिफ्ट भनी मैले सोधे | उनीहरु जोडजोडले हाँस्न थाले तर मैले केहीकुरा बुझिन र मैले सोधे | किन मलाई सियोले घोचेको उनीहरु हासिनै रहेका थिए | कृतिले भनी, भन्ने हो र अन्जली ? अन्जलीले भनी, भनि दे न त | कृतिले भनी हेर आशा हामीहरु तीन जना अत्यन्त मिल्ने साथीहरु हौ | हामी दुई जना पहिले देखिको अवैध र असुरक्षित सम्बन्धले हामी दुई जना एच. आई भी. को सिकार हुन पुग्यौँ | जुन कुरा हामीले तिमीलाई कहिल्यै भनेनौं आज यसको सिकार तिमीलाई पनि बनाउने निर्णय गरेर नै आज हामीले यो षड्यन्त्र गरेका हौ, जसमा तिमी पनि फस्न पुग्यौ | अब तिम्रो नशा-नशामा एच. आई. भी. का जीवाणुहरु प्रवेश गरिसकेका छन् |


क्रमशः
विनोद पौडेल