जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

Showing posts with label poem. Show all posts
Showing posts with label poem. Show all posts

नेपाली भई जन्मे तिमी


नेपाली भई जन्मे तिमी

नेपालमै बाचे

वीर बनी नाम कमाए

विरतामै नाचे


लड्न पनि तयार भए

यहिँ देशको लागि

मर्न पनि तयार भए

आफ्नो ज्यान त्यागी


तोप गोलाको सामुन्ने

खुकुरी नचाए

विदेशको पञ्जाबाट

नेपाललाई बचाए


केटाकेटी पनि लडे

बुढाबुढी पनि परे

बैरीसँग लड्दालड्दै

कयौं वीर मरे


सहिदको रगतले रंगिएको

कति राम्रो हाम्रो देश

विरतामै जन्मिएको

कति राम्रो हाम्रो देश


ईश्वर श्रेष्ठ

बुटवल

दु:खी हरुको सुख लिएर


दु:खी हरुको सुख लिएर

अन्यायमा परेकाहरुको

न्याय लिएर आउनेछु

भविष्यमा यो देशको वीर बनेर


जनताहरुको आवाज बनेर

विधार्थीहरुलाई साथ दिएर

बुवा आमाको आँसु पुछ्न

आउनेछु फेरी अर्को राम बनेर


दु:ख र अन्यायलाई मेटेर

सु:ख र शान्ति ल्याएर

नेपाललाई चिनाउने छु

यो देशलाई स्वर्ग बनाएर


भुवन
थापा

बुटवल, क्याम्ब्रिज इंग्लिश बोर्डिंग स्कूल


म हु नेपाली


म हु नेपाली

देशको सुरक्षा गर्नेछु

आफ्नो देशको लागी

मर्न पनि तयार छु


यो देशमा क्रान्ति होइन

शान्ति म लिएर आउनेछु

भविष्यमा यो देशलाई

विश्व भर चिनाउने छु


उषा
थापा

बाग्लुंग , लेखानी


वारीबाट पारी हेर्नुको मज्जा


वारीबाट पारी हेर्नुको मज्जा बेग्लै थियो

मनमनै मन पराउनुको मज्जा बेग्लै थियो

नानीलाई पुलमा बसेर जिस्क्याउनुको मज्जा बेग्लै थियो

नानीको हाथ समाई तिनाउ खोला तर्नुको मज्जा बेग्लै थ्यो


क्याम्पस छुट्टि भै घरतर्फ लाग्नुको मज्जा छुट्टै थियो

नानीको साइकलको चापी लुकाउनुको मज्जा छुट्टै थियो

म संग मोटरसाइकल चढ्नुको मज्जा बेग्लै थियो

संगै तिनाउ पुल तर्नुको मज्जा बेग्लै थियो



नाम : राज कुमार फौदार

मोतिपुर-७, रानीबारी, रुपन्देही

सुन्दर देश

प्रकतिको सुन्दर ठाउमा हाम्रो देश रहेको छ
चार वर्ण छत्तिस जातको फुलबारी बनेको छ
एसियामा स्यानो हाम्रो देश नेपाल रहेको छ
स्यानो देश भए पनि कार्य ठुला गर्ने गर्छ

गर्व छ यो देशमा म नेपाली भएकोमा
जातजातिको विवाद छैन सुन्दर यो देशमा
गौतम बुद्ध जन्मिएका यहि नेपाली भूमिमा
शान्तिका उपदेश फैलाई गए आज सरा विश्वमा

सगरमाथाको छड्के टोपी यहि देशमा रहेको छ
यसको उचाई विश्वमा सर्वोच्च रहेको छ
मेरो पनि इच्छा रहेको छ सागरमाथ चढ्ने
पासाङ्ल्हामु शेर्पाले जस्तै नेपालको नाम राख्ने

जय नेपाल ! जय नेपाल !!

ईश्वर श्रेष्ठ
बुटवल