जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

सुन्दर देश

प्रकतिको सुन्दर ठाउमा हाम्रो देश रहेको छ
चार वर्ण छत्तिस जातको फुलबारी बनेको छ
एसियामा स्यानो हाम्रो देश नेपाल रहेको छ
स्यानो देश भए पनि कार्य ठुला गर्ने गर्छ

गर्व छ यो देशमा म नेपाली भएकोमा
जातजातिको विवाद छैन सुन्दर यो देशमा
गौतम बुद्ध जन्मिएका यहि नेपाली भूमिमा
शान्तिका उपदेश फैलाई गए आज सरा विश्वमा

सगरमाथाको छड्के टोपी यहि देशमा रहेको छ
यसको उचाई विश्वमा सर्वोच्च रहेको छ
मेरो पनि इच्छा रहेको छ सागरमाथ चढ्ने
पासाङ्ल्हामु शेर्पाले जस्तै नेपालको नाम राख्ने

जय नेपाल ! जय नेपाल !!

ईश्वर श्रेष्ठ
बुटवल