जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो

मलाई गर्व छ हाम्रो पुर्खाले ( कति बेथाहरु सहेर ) -२

इतिहासमा कथा त लेखेकै छ

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो !!

न नै लडाइको मैदानबाट भागी दिन्छ

नत सुनको तराजुमा जोखि दिन्छ

आफ्नै कर्ममा अटल रहने

आफ्नै पसिनामा विश्वास राख्ने

यो मनता मेरो नेपाली हो !!

न नै अरुको भरोसामा बाचीदिन्छ

नत आफ्नो अधिकारर्लाई डुब्न दिन्छ

हिमाल झैँ चम्किलो सफा छ छाती

आकाश झैँ फिजिएको विचार छ बिसाल

यो मन त मेरो नेपाली हो

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो

मलाई गर्व छ हाम्रो पुर्खाले ( कति बेथाहरु सहेर ) -२

इतिहासमा त लेखेकै छ

जसो गर जे भन जता सुकै लैजाऊ मलाई

यो मन त मेरो नेपाली हो

नाम : अड्ड्रिन प्रधान