मैले सोधे आशाजी तपाई कुनै ठुलो समस्यामा परे जस्तो लाग्छ | के मलाई सो समस्या बताउन सक्नुहुन्छ भनी मैले डराई डराई सोधे उनले भनिन् – होइन होइन ता मैले धेरै कर गरेपछि बल्ल उनले भनिन् | यहाँ कसलाई भनेर के फाइदा, आफ्ना मान्छे भन्नेले त मेरा कुरा बुझिदिएनन् र पराईले त मेरो कुरा उडाउने बाहेक के पो गर्दछन | त्यसैले पिलिज राज जी, ढिपी नगर्नुहोस् | मैले भने हेर्नुस् आशा जी मान्छे कोही पराई कोही आफ्नो हुदैन, जसले अरुको दु:खलाई पनि आफ्नो दु:ख सम्झेर कुरा बुझ्छ त्यो नै आफ्नो मान्छे हुन्छ | उनले भनिन् हेर्नुस् राज जी, अत्यन्त ढिपी गर्नुभयो र छोटो समयमा नै मन पनि जित्नु भयो मेरो कथा अत्यन्तै लामो छ | यो छोटो समयमा आधुरो नै रहन्छ |त्यसैले भोलि बिहान म सबै हजुरलाई भन्नेछु भनिन् | यत्तिकैमा काठमाण्डौ पनि आईपुग्छ | गाडीका सबै यात्रुहरु, मेरा साथीहरु र हामी दुई पनि गाडीबाट झर्छौ | उनी संग मेरा साथीहरुको परिचय गराउछु र नजिकैको होटलमा कोठा खोज्न जान्छौं जहाँ एउटा मात्र कोठा खाली थियो | उनलाई त्यो कोठामा बस्न भनी हामीहरु अर्को होटलतर्फ लाग्यौ | त्यत्तिकैमा उनले छिटो आउनु होला भनिन् र हामीहरु आर्को होटलतर्फ लाग्छौ | होटलमा गई नुहाई धुवाई गरेपछि खान खाई मेरा साथीहरु घुम्न जाने कुरा गर्न थाल्छन् र मलाई घुम्न जाऊ भने तर मैले आज अलि टाउको दुखेको छ भनी उनीहरुलाई जान आग्रह गरे | केही समय पछि म आशा भएको कोठातर्फ लागे जहाँ उनी एउटा किताब पढेर बसिरहेकी थिइन् | उनले भनिन् मैले तपाईकै प्रतिक्षा गरिरहेकी थिएँ | उनले सोधिन् खाना खानु भयो ? खाइसके भनी उनलाई पनि मैले सोधे | उनले पनि खाइसके भनिन् | फेरी उनले साथीहरु खै त भनी सोधिन् | उनीहरु घुम्न गएका छन् भनी जवाफ दिए | अनि तपाई जानुभएन उनले भनिन्, म यहाँ आउने बाचा गरेको थिएँ त्यसैले गएन | तपाइले आफ्नो समस्या भन्छु भन्नु भएको थियो नि | हेर्नुस् राज जी, कतै तपाई पनि मेरो समस्या सुनेपछि मलाई घृणा त गर्नुहुन्न ? मैले भने ममा त्यस्तो कुनै नकारात्मक परिवर्तन आउने छैन भनी बाचा गरे | त्यसो भए सुन्नुस् मेरो कुरा |
क्रमशः
विनोद पौडेल