जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

यस्तै रहेछ



देख्नेहरुनै यहाँ बोल्न डराउछन्
नदेख्नेहरु यहाँ बिना मेसै कराउछन्
समानता ल्याउने कुरा जालझेल हुन्छ
हप्की र दप्की गरेको मन पराउछन्
आफ्नो को हो अर्काको को छुट्याउनु छैन
केही सिकाउन खोज्नेलाई उल्लु बनाउँछन्
उन्नति र प्रगतिका काम गर्न छाडी
अर्कोलाई खासल्नलाई दिमाग लडाउँछन्
समानताको लागि युद्ध लड्यौँ भन्ने नै
प्रभु भन्दै फटाहालाई बिन्ति चढाउँछन्
आत्तिदैनन असल मान्छे यस्तो चाल देखि
धैर्य साथ संसारलाई पाठ पढाउँछन्
श्याम पराजुली
बुटवल, लुम्बिनी बाणिज्य क्याम्पस ( Lumbini Banijya Campus )