जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

एउटा सानो कथा

भाग 1

भर्खर मेरो एस. एल. सी. परिक्षा सकियो | घरमा खासै कम थिएन | म लगायत मेरा साथीहरु एस. एल. सी. को रिजल्टको पर्खाइमा थियौ र रिजल्ट पछि क्याम्पस संगै पढ्ने योजना बनाएका थियौ | एक दिन साथीहरु मिलि घर नजिकैको चौपारीमा भेट भई यो खाली समयमा काठमाण्डौं घुम्न जाने योजना बनायौ | अर्को दिन रात्री बसमा हामी पाच जना साथीहरु काठमाण्डौंको बसमा चढ्यौ | हाम्रो सिट न: ३,४,५,६ र ७ थियो | मेरो चार जना साथीहरु ३,४,४,५ नम्बरको सिटमा बसे र म ७ नम्बरको सिटमा बसे |
गाडी अगाडी बढ्यो र चौराहा पुगेपछि केहि यात्रुहरु गाडीमा चढे त्यत्तिकैमा सो गाडीमा एउटा युवती पनि चढीन उनी मेरो नजिक आई ८ नम्बर सिट यहि होइन भनी सोधिन | मैले हो भने र बस्न आग्रह गरे उनले म झ्यालतिर बस्छु भनिन् र मैले झ्याल छोडिदिए र गाडी अगाडी बढ्यो | उनले एक टक बाहिर हेरिरहेकी थिइन् | र उनको अनुहार मलिलो र निरासिलो थियो जसबाट अनुमान गर्न सकिन्थ्यो कि उनी कुनै समस्यामा परेको हुनु पर्छ | मेरो मनमा यस्ता कुराहरु खेलिरहेका थिए | मेरा साथीहरु आ- आफ्नो गफमा ब्यस्त थिए |म भने उनको अनुहारलाई नै हेरी रहेको थिए | गाडी अगाडी बढ्दै थियो | रात पनि बढी रहेको थियो समय- समयमा गाडीको गतिको फेर बदलले हामी दुईका शरीरहरु स्पर्श गर्दथे र त्यसलाई हामीहरुले सामान्य रुपमा लिएका थियौ | केही समय पछि गाडी खानाखान रोक्छ | सम्पूर्ण यात्रुहरु, म र मेरा साथीहरु गाडीबाट झर्छौ तर उनी भने गाडीबाट झरिनन | खाना खाइसकेपछि मैले एक बोतल पानी र एउटा चिप्स लिएर गाडीमा पस्छु | त्यति समय सम्म पनि उनी एकोहोरो रुपमा बाहिर हेरिरहेकी थिईन, न त उनको मुहारमा कुनै हासो न त कुनै खुसी नै थियो | गाडी आफ्नो गतिमा चलिरहेको थियो | गाडीका सम्पूर्ण यात्रुहरु र मेरा साथीहरु निदाई सकेका थिए तर म भने निदाउन खोज्दा पनि निदाउन सकिरहेको थिएन | मलाई छट्पटी भईरहेको थियो | उनको समस्या जान्न केही समय पछि म उनी सँग बोल्ने निर्णय गर्छु |

क्रमशः
विनोद पौडेल