उनीहरुको त्यो कुरा सुनिसकेपछि म छागाबाट खसे झैँ भए आफूले टेकेको ठाउँबाट भासिन लागे झैँ भयो, मलाई जोडजोडले चक्कर लाग्न थाल्यो | म चिच्याए कराए तर कसैले सुनेनन्, अझ उनीहरुले उल्टै चर्को स्वरमा क्यासेट बजाएर हास्न थाले | म त्येहाबाट तुरुन्तै अस्पताल तर्फ लागे र डाक्टरलाई सबै कुरा भनी मेरो रगत जाच्न दिए | रगतको रिपोर्ट भोलि आउछ भनी डाक्टरले भन्नुभयो | म आफ्नो घर तर्फ लागे | घर गई ढोका घच्घचाए | भाउजु आउनु भयो र यति राती किन नानी भन्नु भयो | मैले भने आज साथीको बड्डे थियो | साथीहरु धेरै थिए बस्ने ठाउँ नभएकाले म आए भनी भाउजुलाई ढाटी म भित्र गए | भोलि बिहानै म अस्पतालतर्फ लागे र मेरो रिपोर्ट हेर्दा मेरो शरीरमा एच. आई. भी. का जीवाणुहरु फैलिसकेका थिए | म त्येही रोए कराए तर सुन्ने कोही भएनन् | आफैले चित्त बुझाए |मेरो घरमा दाजुभाउजु शिक्षित नै हुनुहुन्छ | मलाई त्यस्तो नराम्रो व्यवहार गर्नु हुन्न भन्ने ठानी घर गई सबै कुरा भने | दाजुभाउजुको आँखाभरि आँसु भरियो | केही समय पछि दाजुले केही व्यंग्यात्मक कुरा गर्नुभयो, जसले गर्दा मेरो दुखेको घाउमा नुनखुर्सनी छर्के जस्तो भयो | दिनप्रति दिन दाजुको व्यवहार त राम्रै थियो तर भाउजुले विभिन्न अपजस लगाउन थाल्नु भयो | एकदिन म बाहिरबाट आउदै थिएँ, दजुभाउजुको केही कुरा सुने | दाजुले मेरो बिहे गर्ने कुरा गर्दै हुनुहुन्थ्यो | भाउजुले यस्ता रोगी सँग कसले बिहे गर्छ र दाजु भन्दै हुनुहुन्थ्यो कि यो रोगको बारेमा कसैलाई थाहै नदिउला | म यस्तो यस्तो कदापि गर्न चाहदैनथे | म आफ्नो कोठा तर्फ लागे |कोठामा गई आफै सोच्न थाले आफु त साथीहरुको विश्वासघातले यो अवस्थामा पुगे अब म यो सिकारबाट अरु कसैलाई पनि फस्न दिन्न भनी मनमा थुप्रै कुराहरु खेलाई अन्तमा यो घर नै छाड्ने निर्णय गरे | त्यसपछि घर नै छोडी आज तपाई सँग आए भनी जब आशाले भनिन् तब मेरो र आशाको आँखाभरि आँसुले भरियो | अब म आफ्नो बाचालाई नतोडी अझ उनलाई माया गर्न थाले | मैले उनलाई बचन दिए | म तिमीलाई सक्दो सहयोग गर्नेछु भनी मैले भने | हामी दुबैजना अति मिलनसार साथीको रुपमा गाउमा एच. आई. भी. एड्स सम्बन्धि कुराहरु सम्पर्ण व्यक्तिहरुलाई ज्ञान दिलाउन थाल्यौं | उनले धेरैको माया पाउन सकिन र यो रोग उनको लागि सामान्य हुन पुग्यो | हामीहरुले उनलाई हाम्रो गाउमा एउटा सानो घर बनाइदियौ | त्यसपछि उनी त्यही बसी समाजको सेवा गर्न थालिन | सबैजनाले उनलाई माया गर्थे | यसरी दिनहरु बित्दै गए, केही बर्ष पछि सो रोगको कारण उनले यो संसारलाई नै छाडीन | सबै गाउ-गाउको ढुकढुकी बनेकी उनको देहाबास पछि गाउनै सुनसान बन्न पुग्यो |
यहिनै रहेछ समयको पल, घुम्तीका क्षण, साथीको बिस्वासिलोपना र आत्मीय साथीहरु तथा घरपरिवारको माया भन्दा नेपाली अपरिचित गाउले साथीको माया र सहयोग |
समाप्त
विनोद पौडेल