जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

एउटा सानो कथा


Excuse me उनी म तिर फर्किन्छिन् अनि भन्छिन मलाई भन्नुभाको ? मैले हो भने | मैले सोधे तपाई कहाँ सम्म पुग्ने ? उनले काठमाण्डौ भनिन् | उनले तपाई नि भनिन् ? म पनि काठमाण्डौ नै | मैले सोधे तपाई घुम्न जादैँ हुनुहुन्छ ? कि घर नै काठमाण्डौ हो ? घर त मेरो बुटवल हो भनिन् | उसो भए घुम्न जादैँ हुनुहुन्छ, मैले सोधे | उनले होइन भनी सहज उत्तर दिईन | उसो भए तपाई केको लागि जादैँ हुनुहुन्छ मैले सोधे | उनले भनिन् न त मेरो पुग्ने कुनै गन्तब्य स्थान नै छ, न त कुनै ठाउँ नै छ परिस्थितिले जहाँ लग्छ म त्यही नै जान्छु | अनि तपाई नि, उनले सोधिन् | म त घुम्नको लागि नै जादै छु | अगाडिका मेरा साथीहरु हुन् | विदामा घुम्न काठमाण्डौ जादैँ छौं | अनि तपाईको शुभ नाम के हो भनी मैले सोधे ? आशा !!! अनि तपाईको नि : उनले सोधिन् – मैले मेरो नाम राज हो भने | अनि आशाजी तपाई बुटवल कहिले फर्कनु हुन्छ ? मैले सोधे उनले भनिन् – मैले भनिहाले नि न त मेरो यात्राको कुनै गन्तब्य स्थान नै छ , न त कुनै फर्कने ठेगाना नै छ | त्यसपछि मलाई पक्का विश्वास भयो |उनी कुनै ठुलो समस्यामा परेको हुनु पर्दछ | समस्यालाई बुझी केही गर्न सक्छु कि जस्तो लागि उनको समस्यालाई खोतल्न खोज्दछु |


क्रमशः
विनोद पौडेल