जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

नामिबियामाथि नेपालको सानदार जित


नामिबियामाथि नेपालको सानदार जित
आइसिसी विश्व लिग क्रिकेट डिभिजन
२ अन्तर्गतको बुधबार भएको खेलमा नेपालले आयोजक
नामिबियामाथि सानदार जित निकालेको छ ।
कप्तान पारस खड्काको अलराउन्डर
प्रदर्शनको मद्दतमा नेपाली टिमले
नामिबियामाथि ३ विकेटको सानदार जित
निकालेको हो । पारसले ५६ बलको सामना गर्दै ६४
रन बनाएपछि एक समय अफ्ठेरोमा परेको नेपाललार्इ
जिताएका हुन् ।
सुरुवाती धक्का बेहोरेको नेपाललार्इ कप्तान पारस र
उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले।
नेपालका ओपनरहरु सागर पुन र सुवास खकुरेल
सस्तैमा आउट भएपछि क्रिजमा आएका कप्तान पारस
र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट
साझेदारी गरेपछि नेपाल गतिलो जितको हकदार
भएको हो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ७३
बलमा ३१ रन बनाइ क्याच आउट भए । सागर पुन सात
रन जोड्दै क्याच आउट भए भने सुवास खकुरेल चार
रनमा आउट भएका थिए ।
त्यसैगरी पारसको स्थानमा आएका शरद भेसवाकर १०
बलमा ७ रन जोड्दै आउट भए । आरिफ सेख १ रनमै आउट
भए ।
यसअघि टस हार्दै पहिले ब्याटिङ
गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमार्इ
१४२ रन बनाएपछि नेपालले मध्यम
चुनौती पाएको थियो ।
आइसीसी डिभिजन २ क्रिकेट
प्रतियोगिता अन्तरगतको चौथो खेलमा टस जित्दै
पहिले फिल्डिङ गरेको नेपालले घरेलु
टोली नामिबियालार्इ शुरुबाटै
दवाबमा राखेको थियो ।
नेपालको कसिलो बलिङका अगाडि नामिबियाका खेलाडीले
खुलेर खेल्न सकेनन् । नामिबियाका लागि रेमोन्ड
भार स्कुरले ८० बलको सामना गर्दै सर्वाधिक २८ रन
जोडे ।
त्यसपछि जेपी कोट्जेले ४१ बलमा २७ रन बनाएर
पेभेलियन फर्के । त्यसैगरी लोयुइ काल्जिङ्गले २४ रन
जोडे । बनाएको अवस्थामा क्याच आउट भए ।
निकोलसले १६ रन जोडे । सरेल बर्गरको नाममा १५ रन
रह्यो । त्यसैगरी जेर्राड इरास्मस १४ रनमा क्याच
आउट भए ।
अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।
नामिबियाका स्टेफन बर्राड ९ रनमा क्याच आउट भए
। त्यसैगरी गेर्री सिनमन २ रनमा आउट भए। यस्तै
विलियन्सलाई १ रन बनाएको अवस्थामा करण केसीले
पेभेलियन फर्काए।
नेपालको बलिङलार्इ आज पनि करण केसीले सफल
बनाए । क्यानाडाविरुद्दको खेलमा ५ विकेट
लिएका उनले नामिबियाका ३ विकेट झारे ।
त्यसपछि सोमपाल कामी, बसन्त रेग्मी र
शक्ति गाैचनले ब्यक्तिगत २/२ विकेट झारे ।