जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

जीवनको यात्राका पीडाहरु


प्रिय हरि,
मायाको बदलामा आसुँ सिवाय अरु केहि पाउन सकेको छैन भनेर थाहा भएको भए सायद आज यसरी अश्रुधारा जोगीले खरानी लगाएको जस्तै हुदैन थियो आसुँ पिएर जिउनु पर्ने थिएन होला तर येसरी भाविस्यवानि गर्ने छमता मा भित्र थिएन र पो सुने झरी हुन पुग्यो रपो जीवनमा लाखौलाख सपनाबोकी उज्वल भविष्यको कामना गर्ने मेरो उच्च महत्वाकांक्षा सपना हो
प्रिय हरि !
खै तिमी के गर्दैछौ आज तिम्रो यादले चेद्बिछेद भएकीछु हरि ! आज बिलिन हुन पुगेकोमा किन येसरी बिज्ञिप्त बन्न पुगे स्वर्थनै अनाविच्य हुन त्यो तितो बिगत भुल्न सक्छु न त्यो परिस्थितिलाई सम्झेर कुनै नया गोरेटो पहिल्याउन सक्छु मानिसहरु स्वार्थको निम्ति जेगर्न पनि तम्तयार हुन्छन् भन्ने थाहा भएको भए घिन लाग्दो मानिसको प्राण नलिई अन्य प्राणीको रुप धारण गर्ने थिए अपमान, बदनाम र विश्वासघतको थप्पड सहनु पर्दा मेरो शरिरनै छेतबिच्चेत भैसकेको आभास पाए बिधिको बिडम्बना भन्ने रहेछ जसलाई पर्यो उसैले सहनु पर्ने धन, दौलत, आराम र घमण्डको उन्मुक्त भएको मान्छेहरु मनलाई भन्दा धनलाई प्राथमिकता दिई अगाडी रफ्तार नै नहेरी यात्रा गर्ने मान्छेमा मानवता हराइसकेको हुदो रहेछ जसलाई सबैको माया, ममता र भविष्यको वास्ता नै हुदो रहेनछ उसले केवल सम्झन्छ त आफ्नो स्वार्थ र धनका बिटाहरू मात्र .. खै हरि ! तिमीले मेरो जीवनको स्वार्थ लुटेकोमा तिमीलाई धन्यवाद बाहेक तिमीलाई के नै भन्न सक्छु र .. हरि ! येस्ता घटना घट्नुमा मेरै कमीकमजोरीहरु थियो होला मा आफै केलाउन नसकेर होला भन्छन नि अरुको आङमा जुम्रा पनि देख्ने तर आफ्नो आङमा भैसी पनि नदेख्ने, सायद त्येस्तै भएर होला मलाई पनि तर पनि तिमी संग मेरो गुनासोको कुनै आभास हुन सकेन
हरि ! यसरी तिमीले मलाई नुनिलो आँसु पियाएर के पायौ ? मेरो हरपल येही प्रश्न तिमीलाई हरि ! तिम्रो पावन प्रेम नै जीवनको परम आधार लाग्दथ्यो हुनत तिमी धनि परिवारको उच्च खानदान र इज्जत भएको मान्छे मा जस्तो गरिब केटीलाई प्रेम गरेर तिमीले गल्ति गर्दै थियौ र म पनि तिमीलाई यो कुरा न भनेको होइन तिम्रो र मेरो सम्बन्धको बिचमा योग्यता र धनको ठुलो फरक छ जसले गर्दा तिम्रो प्रेम सम्बन्धको कल्पनाको महल भोलि जग नै नराखी भत्काउन सक्छ भन्दा तिमीले यस्तो होइन लाटी निच सोचाई पनि लिने हो भनेर सम्झाउने गर्द थियौ अहिले त तिमीले यो कुरा भुली सकेको रहेछौ तिमीले नाटक मात्र गरौला किनकि तिमीलाई धेरै नाटक गर्न आउछ हरि ! तिमी मलाई माया गर्दछौ वा सम्पत्ति र मेरो ......
..... क्रमश ......

शुनिल शर्मा
बुटवल