जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

जीवनको यात्राका पीडाहरु - 2

हरि ! यसरी तिमीले मलाई नुनिलो आँसु पियाएर के पायौ ? मेरो हरपल येही प्रश्न तिमीलाई हरि ! तिम्रो पावन प्रेम नै जीवनको परम आधार लाग्दथ्यो हुनत तिमी धनि परिवारको उच्च खानदान र इज्जत भएको मान्छे मा जस्तो गरिब केटीलाई प्रेम गरेर तिमीले गल्ति गर्दै थियौ र म पनि तिमीलाई यो कुरा न भनेको होइन तिम्रो र मेरो सम्बन्धको बिचमा योग्यता र धनको ठुलो फरक छ जसले गर्दा तिम्रो प्रेम सम्बन्धको कल्पनाको महल भोलि जग नै नराखी भत्काउन सक्छ भन्दा तिमीले यस्तो होइन लाटी निच सोचाई पनि लिने हो भनेर सम्झाउने गर्द थियौ अहिले त तिमीले यो कुरा भुली सकेको रहेछौ तिमीले नाटक मात्र गरौला किनकि तिमीलाई धेरै नाटक गर्न आउछ हरि ! तिमी मलाई माया गर्दछौ वा सम्पत्ति र मेरो योग्यता वा स्वार्थलाई मात्र तिमीले कसरी सक्छौ भद्रकालीलाई साक्षी राखी कसम खाएको भुल्न मनको इच्छा पुरा हुन्छ भनि गोरखा स्थित मनकामना मन्दिर याद छ कि छैन ? तिमी आफै विचार गर मलाई कति झुटा कुरा गर्दा रहेछौ हरि ! म तिम्रो पछि लागेर आफ्नो जीवनको उद्देश्य र अभिभावक प्रतिको सपनालाई बिर्सन पुगेछु तर हरि !समय धेरै अगाडी गइसकेको रहेछ र परिवर्तनशील समयको चक्रसंगै घुम्ने क्रममा तिमी संगका केहि समयका मिलनहरु मुटुको अन्तर हृदयमा स्मरणीय समय बनाई बाच्न बिवास्तामापुगेकी छु हरि ! तिमीलाई थाहा छ चैतको काकाकुलले भनिरहेको हुन्छ थाहा छ हर ! तिमी बुझ्ने मान्छे हौ हरि हाम्रो सम्बन्ध नङ र मासु जस्तो भएको थियो तर आज म आफैलाई थाहानै भएन त्यो सम्बन्धका अपरिचित उत्सुकता, मिलन आनन्द र बिछोड आँसु यस्तै रहेछ जिन्दगि हरि ! तिमीसंग त्यस्तो कुनै साइनो गास्नत सकेन तर चोटको साइनो त सदा साथ रहिरहने छ सायद त्यहि मेरो निर्णयले अरु कसैको हृदयमा कति सम्म चोट पुग्न सक्छ हुन त आफ्नो स्वार्थ पुगिसकेपछि त्यो बिर्सनु मान्छेको प्रवृति हो त्यो नियमबाट अछुत त पक्कै हरि ! टुकी बाल्ने झुपडीमा बसेपनि महलमा बसेपनि आखिरमा मानवता सबैमा हुन्छ सबैको आ-आफ्नै इच्छा चाहना र इज्जत हुन्छ आफ्नो आत्मा सम्बन्धि कुरामा पैसाको स्थान आउदैन तसर्थ म बाट तिमीलाई सहनुभुतीपूर्ण प्रेम थियो भने तिमीबाट नाटकीय खेल ... हुनत यसमा तिम्रो केहि दोष छैन जे दोष छ मेरो मात्र दोष हो आखिर हरि ! तिमीले मलाई गुलियो बिष खुवा खुवायेउ जति सुकै मिठो भएपनि बिष त बिष नै हो नि !! लाग्छ मेरो जीवनमा चैतको खडेरीमा पनि पहिरो गएको छ मेरो जिन्दगी जस्तोसुकै परिस्थितिमा र परिवेशमा भएपनि तिम्रो चिन्ताको बिषय होइन म जतिसुकै दु:खित र पिडित भएपनि तिम्रो खुसियालीको जिन्दगीमा साधैको निम्ति पुष्प गुच्छाहरु अर्पण गर्दछु साथै तिम्रो प्रगतिपथमा कुनै अवरोध नआओस म येही कामना गर्दछु हरि ! अब हाम्रो घनिष्ठता बाँकि छैन छ त केवल मुटु फाट्ने बेदनाहरु मात्र ..... हरि ! तिमीसंग संयोग वश भेट भएको थियो र संयोग बश नै बिछोड भयो तर तिमीले दिएर गएका नाटकीय तरंगहरु भेटिदैनन् कहिँ न कहिँ आफ्नो स्वार्थलाई सुरक्षित बनाउछन म त तिमीसंग धेरै कुरा गरेर तिमीलाई तहसनहस पर्न र तिम्रो जिन्दगी बिगार्न चाहान्न केवल तिमीलाई विवाहित पुरुष हौ तिमीले म संग गर्ने व्यवहार बाँदरको हातमा नरिवल जस्तै भएको छ त्यसमा तिमीलाई धन्यवाद र बढेका शब्दहरु बाहेक अरु केहि नै छ र .... हरि ! तिम्रो हरेक प्रगतिमा मेरो अग्रिम शुभकामना छ तिमीले तिम्रो परिवारलाई सदा खुशी राख्न र तिमीले चिताएको कुरामा भगवान दया रहनु भनि शुभकामना ब्यक्त गर्दछु र हरि ! तिमीलाई अन्त्यमा यो पनि याद गरिराख्नु कि प्रेम सम्बन्ध वा मायाको सम्बन्ध जति ठुलो सम्पत्ति अरु हुन सक्दैन अनि तिम्रो प्रगतिको कामना गर्दै संधै तिम्रो खुशी देख्न चाहने उही घृणित मन हिरा हिरा ....!!!!

शुनिल शर्मा
बुटवल