डिभिजन फोर क्रिकेटमा नेपालको दोस्रो जित तान्जानिया ८ विकेटले पाराजित
१९ भदौ, काठमाण्डौ । मलेसियामा जारी आइसीसी विश्वकप क्रिकेटको लिग डिभिजन फोरमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । डिभिजन थ्रीमा उक्लने लक्ष्यका साथ मलेसिया पुगेको नेपालले मंगलवार भएको दोस्रो खेलमा तान्जानियालाई ८ विकेटले पराजित गर्दै विजयी यात्रालाई कायमै राखेको हो । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको तान्जानियाले दिएको ८३ रनको लक्ष नेपालले १९ दशमलब ४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ थालेको तान्जानियाले ३१ दशमबल ४ ओभरमा सवै विकेट गुमाउँदै ८२ बनाएको थियो । नेपाली बलरहरु चम्किएपछि दबावमा आएको तान्जानिया लागि इसा किकासीले सर्वाधिक ३३ रन जोडे । यस्तै बेन्सन म्यूटाले १६ रन जोड्दा खालिल रेहेमतुल्लाले ११, रिजीकी किसेटो, जामोयोनी जावेनेके तथा नासिबु मापुन्डाले समान ५-५ रनको योगदान दिए । एली किमोटीले २ रन जोड्दा अबहिक पटवा, हामीसी , कासिम नासोरो सून्य रनमै पेभिलियन फर्के । तान्जिनियालाई सस्तैमा समेट्न नेपालका कप्तान पारस खड्काले ४ विकेट लिए भने बसन्त रेग्मीले ३, विनोद दासले २ तथा शक्ति गौचनले १ विकेट लिए । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेकेा छ । यसअघि सोमबार भएको खेलमा आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरिसकेको छ । राउन्ड रोबिन लिगका आधारमा खेलिने डिभिजन फोर प्रतियोगितामा नेपालसँगै सिंगापुर, मलेसिया, अमेरिका, डेनमार्क र तान्जनिया सहभागी छन् । प्रतियोगिताको शीर्ष २ स्थानमा रहने टोली डिभिजन थ्रीमा उक्लनेछन् भने पुछारका २ टोली डिभिजन फाइभमा झर्नेछन् । नेपालले अब भदौ २१ गते मलेसियासँग, २२ गते अमेरिकासँग र २४ गते डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।