कपिलवस्तुको सीमावर्ती क्षेत्र अलिगढवामा जिल्ला विकास समिति कपिलवस्तुद्वारा निर्माण गरिएको प्रवेशद्वारामा लेखिएको शब्द मेटाउन भारतीय सीमा सुरक्षा बलले दवाव दिएको छ ।
सीमा क्षेत्रको पिपरा गाविस–७ चाकलचौडामा नवनिर्मित प्रवेशद्वारमा लेखिएको ‘वेलकम टु कपिलवस्तु’ वाक्य मेटाउन भारतीय सीमा सुरक्षा बलले दवाव दिएको हो ।
उनीहरूले द्वारको माथिल्लो भागमा ठूलो अक्षरमा लेखिएको ‘वेलकम टु कपिलवस्तु’ वाक्यको कपिलवस्तु भारतमा पर्ने भएकाले त्यसलाई मेटाउन निर्देशन गरेका थिए । एसएसबीका कमान्डर बर्मन चौधरीले बोलाएर कपिलवस्तु शब्द मेटाउन दवाव दिएको द्वारको ठेक्का लिएका ठेकेदार रमेश मिश्रले बताए । बलका अधिकृतले बुद्ध कालीन कपिलवस्तु गणराज्य भारतको सिद्धार्थनगर जिल्लास्थित अलिगढावामा पर्ने भन्दै विरोध गरेका हुन् ।
ठेकेदार मिश्रले भने ठेक्का दिने निकायले उक्त शब्दसहित वाक्य लेख्न दिएकाले आफूले मेटाउन नसक्ने बताए । बरु दुई देशका डिएम (जिल्ला प्रमुख)को स्तरमा कुराकानी गरेर समस्या समाधान गर्न उनलाई (एसएसबीका कमान्डर) सुझाएको बताए । यस विषयमा भने स्थानीय प्रशासनलाई कुनै जानकारी नआएको प्रशासकीय अधिकृत पुरन गिरीले बताए । उक्त नाका भएर आउने सर्वसाधारण देखि पर्यटकलाई स्वागत गर्न भनेर दुई वर्ष लगाएर जिविसले १३ लाख बढीको लागतमा द्वार बनाएको हो ।
००७ साल अघिदेखि नै नेपालतिर कपिलवस्तु नाम अस्तित्वमा थियो भने भारतमा बढीमा २० वर्ष अघिदेखि कपिलवस्तु नाम प्रचार गर्न लागिएको बताइएको छ । सीमादेखि ५÷७ सय मिटर दक्षिण सिद्धार्थनगर जिल्लास्थित अलिगढबामा भगवान् गौतम बुद्धसँग सम्बन्धित एक बिहार रहेको छ । पछिल्लो समय भारतले त्यसैलाई राजा शुद्धोदनको राजधानी भनेर प्रचारप्रसार गरिरहेको छ ।